भनिन्छ दुखमा साथ न दिने आफन्त हैनन तेसैले म आफु राजनितिज्ञ भए पनि देश सङ्कटकाे घेरामा परेकाे बेला देश र जनतालाई साथ न दिने जनप्रतिनिधि मानव हैनन् । आफ्नाे काे हाे दु:खमा चिनिन्छ तेसैले आज विश्व नै काेभिड-१९ ले त्रसित भएकाे छ । विश्वमा महामारीकाे रुपममा फैलिएको काेराेना भाईरस काेभिड १९ ले लाखाैंभन्दा बढिले ज्यान गुमाई सकेका छन् ।
सबै गम्भीर चिन्तामा छाै । स्कुलमा पढ्दादेखि नै राजनितीमा सक्रिय भएर लागे नेविसंघबाट नेतृत्व गरेर त्यसपछाडि महिला संघबाट राजनितीमा सक्रिय भए । मैले आफ्नाे बारेमा भन्दा पनि जनताकाे बारेमा बढि चिन्तित भएर राजनितीमा आबद्ध भएं । तर पनि मैले अहिलेसम्म साेचे जति जनताकाे लागि र म जस्तै कयौं दिदी बैहिनीहरुलाई जति गर्नु पर्थ्याे त्यति सकिरहेको छैन जस्ताे लाग्छ । दिदी बहिनी वा कुनै पनि महिलाकाे विषयमा कसैले हेपेर बाेलेकाे सहन सक्ने बानि छैन मेराे, महिला दिदिबहिनीहरू अभाब र दबाबमा परेकाे पनि सहन सक्दिन।
मैले राजनीतिक यात्रामा यस्तै पहलकाे विषय उठाइ रहदा कयाैं ठक्कर खान पुगे, कैयाैं दु:ख पीडाहरू सामना गर्नुप¥यो तर । सधै आफुले गरेकाे कामकाे मनन गरे । आफुमा आफैले दृढ आत्मबल लिएर अगाडि बढ्दै गए । मलाई थाहा थियो कि, एकदिन मलाई र मेराे कामलाई दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण जनताहरूले अवश्य बुझ्नु हुनेछ । म निस्वार्थ भएर राजनितिमा आबद्ध छु अहिले पनि भन्ने भावना बाेकि राजनिति गर्दा गर्दै महिला संघकाे केन्दि महाधिबेशन प्रतिनिधिनि भए र पार्टीकाे महासमिति सदस्य पनि बने । मलाई लाग्छ महिला भएकाे नाताले पछिल्लाे समयमा केही महिला दिदीबहिनीहरुले राजनीतिमा अबसर पाए पनि महिलाकाे तुलनामा स्थानीय तहदेखि केन्द्रसम्म अझै महिलाकाे पहुच कम देखिएको महसुस गर्छु । पार्टी र सिद्धान्त फरक भए पनि पछिल्लाे समयमा महिला राष्ट्रपति, सभामुख, मन्त्री जस्ताे पद पाएकाे देख्दा म आफु महिला भएकाे नाताले खुसी लाग्छ ।
तर पनि राजनितीमा महिलालाइ हेरिने दृष्टिकोण अझै फेरिएकाे छैन् । मेराे अनुभवमा दुईचार जना महिलाले मात्र राजनीतिमा जाेडिएर विकास सम्भव छैन् । गाउघरकाे दिदीबहिनीकाे कार्यबाेझ र सामाजिक अवस्था जस्ताकाे त्यस्तै छ । पछिल्लाे समयमा महिला सशक्तीकरणको लागि सहरबाट हैन गाउँमा जनचेतना फैलाउन आबश्यक छ भन्ने साेचप्रति म अहिले पनि उत्तिकै चिन्तित छु । समाज परिवर्तन गर्न र महिला दिदीबहिनीकाे समस्यालाई केही हदसम्म भएपनि हल गर्न सक्छु कि भन्ने साेचले राजनीतिमा डेढ दशकदेखि अहिलेसम्म निरन्तर लागी राखेकि छु । अझै पनि सक्रिय रुपमा लाग्ने प्रतिबद्धता पनि गर्दछु । म एक पार्टीको महिला नेतृ हुँ तर पनि मैले जिल्ला गाउँ र समाजका महिलाहरूमा गर्ने सहयाेग र मेरो खटिएको ठाउँमा कहिले राजनिती हेरिन मात्रै एउटा स्वतन्त्र महिला सरह रहेर सहयाेग गरें । म मेरो यात्रामा सदैव महिलाकाे हक अधिकारका निमित्त मेराे राजनीतिक यात्रालाई निरन्तरता दिइरहनेछु । महिला अधिकारका लागि जस्तोसुकै कदम चाल्नुपरे पनि पछाडि कहिल्यै हट्दिन ।
लेखक नेपाली काङ्ग्रेसकाे महिला नेत्रीका साथै महाधिवेशन प्रतिनिधि (बाजुरा) पनि हुनुहुन्छ ।