• २०८३ बैशाख १५ गते मङ्गलवार

सिडियो रिजाल भन्छन “सहयोग गर्नुहोस राहतको नाममा प्रचार नगर्नुहोस”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३, दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले स्थानीय तहसँग समन्वय गरेर मात्रै विपन्न नागरिकहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । कोरोना महामारीको प्रकोपका कारण दाङ जिल्लामा असहज अवस्थामा रहेका विभिन्न गाउँवस्तीहरुमा आर्थिकस्तर कमजोर रहेका नागरिकहरुको विवरण सम्बन्धित स्थानीय तहका वडा कार्यालयहरुबाट तयार पार्ने काम भइरहेको बताउनुभयो ।

‘त्यसकारण विपन्न नागरिकहरुका लागि सहयोग उपलब्ध गराउन चाहेमा सम्बन्धित स्थानीय तहसंग समन्वय गर्नुहुन अनुरोध छ ।’ सामाजिक सञ्जालमा लेख्दै प्रमुख जिल्ला अधिकारी रिजालले सहयोग गरेकै कारण आफ्नो प्रचार नखोज्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो ‘यहाँहरु समाजमा कुनै न कुनै रुपले प्रतिष्ठित हुनु हुन्छ र यहाँहरुको पहिचान नै तारिफयोग्य भएकाले यस संकटको समयमा थप प्रचार गर्नु नपर्ने कुरा समेत निवेदन गर्न चाहन्छु ।’ थोरै खाद्यान्न केही थान स्यानिटाइजर, साबुन र मास्क वितरण गरेको फोटो फेसबुकमा राखेर कथित समाजसेवि भएको नौटंकी नगर्न भन्दै सभ्य नागरिकको परिचय दिन आग्रह गर्नुभयो ।

उहाँले सहायताका नाममा कोरोना भाइरसको संवाहक नबन्न पनि अनुरोध गर्नुभयो । उहाँले लेख्नुभयो, ‘एक पटक सोच्नुस् त कतै तपाइले नै आफ्नो प्रचारको लागि गरिरहनु भएको कामबाट कोरोना फैलाउन भूमिका त खेलीरहनु भएको छैन । बाँकि हजुर जत्तिको जाने बुझेको अरु को नै छ र ।’

Sharing

प्रतिक्रिया दिनुहोस