• २०८३ जेष्ठ ३० गते शनिवार

प्रहरीले लकडाउन उलङ्घन गर्ने ४४१ मोटरसाइकल नियन्त्रणमा

सागर थापा/महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

चैत २३, बाँके । नेपालगन्जमा प्रहरीले लकडाउन उलङ्घन गर्ने र अटेरीहरुका विरुद्ध थप कडा बन्ने भएको छ । लकडाउनलाई कडाईका साथ कार्यान्वयन गराउनका लागि बाँकेमा प्रहरी थप कडा गरेको हो ।

शनिबार बेलुका मात्र प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट लकडाउन उलङ्घन गर्नेहरु ४ सय ४१ मोटरसाइकल र स्कुटरका चापी नियन्त्रणमा लिएको जनाएको छ ।

बिश्वभर फलिएको महामारी कोरोना भाइरसको रोकथाम गर्न लक डाउनको सबैले पालाना गर्न प्रहरीले कडाईका साथ कार्यान्वयनका लागि निरन्तरता दिईने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरी बस्नेतले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस