• २०८३ बैशाख ६ गते आइतवार

आफ्नै सहकर्मीको हत्या गरी फरार रहेका अभियुक्त २३ वर्ष पछि पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, काठमाडौं । काठमाडौं महानगर पालिका वडा नं ८ जयबागेश्वरी स्थित निर्माणेश्वर मन्दिर नजिक काभ्रे पनौती घर बताउने अंन्दाजी वर्ष १७/१८ को श्याम खड्कालाई आफ्नै सहकर्मी प्रतिबादी ध्रुव भन्ने मानकाजी श्रेष्ठले हत्या गरी फरार रहेका एकलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । ध्रुव भन्ने मानकाजी श्रेष्ठको नाममा काठमाण्डौं जिल्ला अदालत बबरमहल, काठमाण्डौंबाट मिति २०७४-०७-२८ गते वारेण्ट समेत जारी भएको थियो ।

प्रतिवादीलाई केन्द्रिय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलिले आज बुधबार जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. ५ थसीखेलबाट पक्राउ गरेको हो । उनले मिति २०५४/०७/१६ गते आफ्नै साथीको हत्या गरेकान थिए । उनलाई आवश्यक कारवाहीको लागि काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस