• २०८३ जेष्ठ २९ गते शुक्रवार

उपत्यकामा थप १८७८ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १९, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८७८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज ३८ सय ४४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ जना रहेको छ । आज ३० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ३४ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस