कार्तिक १९ मुगु । पछिल्लो समय मुगुमा कोरोना भाईरस अर्थात पिसिआर परिक्षण गर्ने कार्य दर बढिरहेको छ । कोभिड १९ ले आक्रान्त भईरहेको अवसथामा र स्थानीयमा त्रास फैलिदै गएकाले जिल्ला अस्पताल मुगुमा कोरोना परिक्षण गर्नेको दर बढिरहेको हो । जिल्ला अस्पताल मुगुले दिएको प्राप्त जानकारी अनुसार बुधवार ४७ जनाको कोरोना परिक्षण गरि पठाईएको छ ।
जिल्लाको पुर्वी भेगमा पर्ने मुगु मर्कामा रोगं गाउपालिका बाट १९ र छायानाथ रारा नगरपालिका बाट २८ वटा स्वाव संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पठाईएको जिल्ला अस्पताल मुगुका ल्याव टेक्नििसियन नन्द बहादुर शाहीले बताए । उनका अनुसार कार्मारोगं गाउपालिका बाट ४ महिला र अन्य पुरुष रहेका छन भने नगरपालिकाका सबै पुरुष रहेको शाहीले जानकारी दिनु भयो ।