• २०८३ बैशाख ६ गते आइतवार

म यस ठाउमा रहरले आएको होइन्, जनताको आवश्यकता र समर्थनले हो : प्रम ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन गर्नका लागि धेरै कोसिसहरु भईरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन । प्रधानमन्त्री ओलीले आज मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै आफुहरु स्थिरताको पक्षमा रहेको र देशमा स्थिरता भएमात्रै विकास, जनताको जिवनमा परिवर्तन ल्याउने सकिने बताए ।

Image may contain: one or more people and people standing

उनले भने, ‘म यस ठाउमा आएको मेरा रहरले होइन् । जनताको आवश्यकता र समर्थनले हो । यहा पु¥याएको जालझेल तिकडमबाट होइन, यहा पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काममा लाग्नुहोस् ।’ प्रधानमन्त्री ओलीले कोही कोहीमा देशमा अस्थिरता निम्त्याउने आदात रहेको भन्दै उनले भने, ‘यो सरकार यस्तो हुन्छ कि उस्तो हुन्छ कि फेरिन्छ कि बदलिन्छ कि भन्ने छ, धेरैले धेरै पटक धेरै प्रकारका कोशिसहरु गरे । भित्र बाहिर अनेक थरीका कोशिशहरु आए ।’ कोही कोहीमा देशमा अस्थिरता निम्त्याउने ‘एकथरीको यो अस्थिरताको खेती गरिरहने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदात छ । एडिकट भएका छन् कोही यस्तो एडिकसनलाई म के भनौं । तर, देशमा स्थिरताका लागि हामी काम गर्छौं ।’

उनले कोभिडसँगको लडाई गरिबीसँगको लडाई पनि जितेर समृद्धितर्फ अगाडी बढ्ने घोषणा समेत गरे । आफैंले शिलान्यास गरेको तीन बर्ष नपुग्दै मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्न पाउंदा खुशी लागेको पनि उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस