• २०८३ बैशाख ८ गते मङ्गलवार

काठमाडौँलाई मागी खानेहरुको सहरका रुपमा चिनाउने प्रयास नहोस् :मेयर शाक्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १९, काठमाडौँ, । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छन् । अभियान्ताहरुले लकडाउनको समयदेखि नै खुलामञ्चमा निःशुल्क खाना खुवाएका छन् । मेयर शाक्य बुधबार पत्रकार सम्मेलन गरी फोहोर, धुलोधुँवा र भिडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाएको भनेर जनस्तरबाटै गुनासो आएको बताए ।

उनले भने, ‘जनगुनासोलाई ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु’ ।

मेयर शाक्यले काठमाडौँलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्ने आफ्नो मान्यता भएको समेत बताए । सार्वजनिक स्थान र सडकमा जथाभावी लाइन लगाएर खाना खुवाउने र गरी उनीहरुकै कथा–व्यथा बेचेर काठमाडौँ मागीखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने हाम्रो चाहना छ’ उनले भने ।

Sharing

प्रतिक्रिया दिनुहोस