• २०८३ असार ११ गते बिहिवार

 प्रधानमन्त्री केपी शर्मा आलीद्धारा महरा पत्नीको मृत्युमा श्रद्धान्जली व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, रोल्पा । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा पत्नी सीता महराकोे कोरोनाका कारण निधन भएकोमा प्रधानमन्त्री केपी शर्मा आलीले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । उहाँले ट्विटर मार्फत श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।

उहाँले ट्विटरमा लेख्नु भएको छ “प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुस्ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”

दसैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्यइएको थियो। उनको १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमणसमेत देखिएको थियो। उनी १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन्। महराकी जीवनसंगीनी सीता महराको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।

https://khabar24nepal.com/04/11/2020/51668

https://khabar24nepal.com/04/11/2020/51734

Sharing

प्रतिक्रिया दिनुहोस