कात्तिक १९, रोल्पा । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा पत्नी सीता महराकोे कोरोनाका कारण निधन भएकोमा थवाङ गाउपालिकाद्धारा श्रद्धाञ्जली सहित विज्ञप्ती जारी गरेको छ । गाउपालिका प्रमुख विर बहादुर धर्ती, गाउपालिका उप प्रमुख रामकिरणी रोका मगर र प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकीको हस्ताक्षर सहित श्रद्धाञ्जली विज्ञप्ती जारी गरेको हो ।

श्रद्धाञ्जली विज्ञप्तीमा लेखिएको छ “निवर्तमान सभामुख तथा प्रतिनिधि सभाका सदस्य माननीय श्री कृष्णबहादुर महराज्यूको श्रीमती सीता महाराको आज विहान नर्भिक अस्पताल काठमाडौंमा उपचारको क्रममा भएको असामयीक दुःखद निधनबाट यस गाउँपालिका परिवार मर्माहित भएको छ । यस दुःखको घडीमा मृतकको आत्मको चीर शान्तिको कामना एवं मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।”
दसैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्यइएको थियो। उनको १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमणसमेत देखिएको थियो। उनी १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन्। महराकी जीवनसंगीनी सीता महराको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।
https://khabar24nepal.com/04/11/2020/51668
https://khabar24nepal.com/04/11/2020/51739