• २०८३ जेष्ठ १ गते शुक्रवार

अमेरिकामा राष्ट्रपतीय चुनावको मतदान सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १९, एजेन्सी। अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सम्पन्न भएको छ । इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् । पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ ।

मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् । ५० राज्यमध्ये यो समाचार तयार पार्दासम्म ९ राज्यको मतपरिणाम सार्वजनिक भएको छ । बीबीसीका अनुसार घोषित मतपरिणाम अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ४४ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले ३७ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति पदमा विजेता हुन २७० इलेक्ट्रोरल मत आवश्यक हुन्छ।

Sharing

प्रतिक्रिया दिनुहोस