असोज १८, काठमाडौँ । चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ पुनस् सुरू हुने भएको छ । कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडाउनसँगै स्थगित भएको थियो ।
उक्त शोको अध्यक्षमा निर्देशक दीपाश्री निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन् । सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८ : ४५ मा प्रसारण हुनेछ ।