• २०८३ बैशाख २५ गते शुक्रवार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १८, काठमाडौं । सोमबारका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबारका लागि तय बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।अर्जुननर सिंह केसी, गगन थापा लगायत केही केन्द्रीय सदस्य लाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो ।

२४ गतेलाई बैठक तय गर्नेबारे छलफल भए पनि निर्णय भने भइनसकेको उहाँको भनाइ छ । उहाँका अनुसार आइतबार देखि पाँच दिन ९२२ असोजसम्म० का लागि केन्द्रीय कार्यालय सिल गरिएको छ । नेताहरूमा कोरोना देखिए पछि आजका लागि तय कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक पनि स्थगित गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस