असोज १८, काठमाडौँ । विदेशमा कार्यरत ३९ हजार ५ सय २८ नेपाली कोरोना सङ्क्रमित भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार नेपाल बाहेक विभिन्न देशमा रहेका ३९ हजार ५ सय २८ नेपाली सङ्क्रमित भएका छन्, यसमध्ये ९२ प्रतिशत निको भएका छन् ।

नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना निको भएको स्वास्थ्य समितिले जनाएको छ । समितिका अनुसार कोरोना सङ्क्रमणका कारण अहिलेसम्म विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ । गएको साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।