• २०८३ बैशाख १५ गते मङ्गलवार

भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार ५४४ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ८४२ संक्रमितको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६९ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ । भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस