• २०८३ असार १८ गते बिहिवार

मुगुमा विद्युत सेवा बन्द

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

भदौ १९ मुगु । मुगुमा बिहिबारदेखि विद्युत सेवा बन्द भएको छ । बुधबार राती गमगाढ साना जलविद्युत आयोजनाको पावर हाउसको मोटरमा समस्या देखिएपछि विद्युत उत्पादनमा अवरोध भएका कारण समस्या समाधान नहुँदासम्म विद्युत सेवा बन्द भएको हो ।

विद्युत नहुँदा यहाँका स्थानीय वासीन्दा अध्यारोमा बस्न बाध्य भएका छन् । मुगुका करिब १० हजार घरधुरीलाई विद्युत पुर्याउने लक्ष्यका साथ स्थापना गरिएको गमगाढ साना जलविद्युत आयोजना पटक पटक बिग्रिन थालेपछि उपभोक्ताले सास्ती खेप्दै आइरहेका छन् । साथै विद्युत नहुँदा सरकारी कामकाजमा समेत समस्या भएको छ ।

नेपालविद्युत् प्राधिकरण गमगाड वितरण केन्द्रको पावर हाउसमा रहेको गर्भनरको प्रेसर मोटर जलेर समस्या आउँदा बुधवार रातीबाट विद्युत् सेवा अवरुद्ध भएको हो । मर्मतको कुनै चाचो पाँचो नहुदा पुनः मर्मतको लागि नेपालगंज पठाउनुपर्ने भएकाले एक साता सम्मको लागि विद्युत सेवा प्रवाह नहुने हुदा यति बेला सदरमुकाम गमगढी बजार सहित आसपासका स्थानीयवासीहरु अध्यारोमा बस्न बाध्य भएका हुन ।

विद्युत बन्द हुँदा मोबाइल चार्ज गर्न समस्या भएको हुम्लाको सर्केगाड गाउपालिका वडा नम्वर १ का नरजंग बमले बताए । पठनपाठनमा समेत समस्या भएको बमले बताए ।

विद्युत् गृहमा जडित उपकरणहरु पुरानो डिजाइनका भएको र अहिले उक्त उपकरणहरु बजारमा समयमै पाउन कठिन भएको छ । विद्युत् गृहमा सानो–सानो समस्या आए पनि चाइनाको कम्पनीसँग सोध्नु पर्ने र त्यहीबाट सामान उठाउनु पर्ने अवस्थाले झन् समस्या हुने गरेको गमगाढ वितरण केन्द्रका प्रमुख शिव प्रसाद पाण्डेले बताए । विद्युत अवरुद्ध हुँदा छायानाथ रारा नगरपालिकाका १४ वडामा समस्या आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस