• २०८३ जेष्ठ १० गते आइतवार

गाई काटेको आरोपमा मोरङबाट एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २२, मोरङ । बिराटनगर महानगरपालिका-१७ का २८ बर्षीय सोहिल मियालाई गाई काटेको आरोपमा पक्राउ गरिएको छ । बिहिबार बिहान स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासु सहित मियालाई पक्राउ गरेको हो ।

घटनामा संग्लग्न रहेका अन्य दुई जना तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा पक्राउ परेका मियाको सम्बम्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस