• २०८३ जेष्ठ ५ गते मङ्गलवार

कर्णालीमा १०६ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली ब्युराे पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, दैलेख । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

संक्रमितहरुमा दैलेखका १०५ जना र मुगुका १ जना रहेका छन् । संक्रमितहरु १०१ जना पुरुष र ५ जना महिला रहेका छन् । हालसम्म कर्णालीमा ३८४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस