फागुन २१, प्युठान । प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले युवालाई कृषि पेशा अङ्गाल्न आग्रह गरेका छन् । ‘कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा योगदान गर्न युवा जगतलाई म आह्वान गर्छु,’ बाल बिध्या मा बि कृषि कलेज को आयोजनामा छोटो अबधिको बेमौसमी तरकारी तथा च्याउ खेति तालिमको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन ‘स्थानीय सरकारले कृषिको सुधारबाटै समृद्धि सम्भव छ भन्ने मान्यता लिएको छ । उनले भने रोजगारी र उद्यमशीलता विकास गरेर तल्लोस्तरका जनताको जीवनस्तर माथि उकास्न आर्थिक स्थितिमा सुधार ल्याउन प्रतिबद्ध छौँ ।

कृषिको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणमा तपाईंसँग हामी हातेमालो गर्न चाहन्छौं।’
स्थानीय सरकारले भूमिहीन किसान, स्थानीयस्तरका कृषक र कृषि क्षेत्रमा आकर्षित युवालाई लक्षित गरी अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिएको पनि उनले जानकारी दिए ।

त्यस्तै प्युठान नगरपालिका १० का वडा अध्यक्ष पदम गिरीले कृषि क्षेत्रमा काम गर्न चाहनेहरुका लागि सरकारले सहयोग गर्ने बताएका छन् । कृषि मर्यादित र सम्मानित पेशा भएको भन्दै अध्यक्ष गिरीले स्वदेशमै केही गर्छु भन्ने सोच भएकाहरुलाई स्थानीय सरकारले सहयोग गर्ने बताए ।
समाजसेवी टेकुलाल गिरीले प्युठान नगरपालिका ९ र १० वडा कृषिका लागि प्रचुर सम्भावना भएकोले लगानी बढाउने वातावरण तयार गर्न सरकार आग्रह गरे ।
कृषि क्षेत्रमा ठूलो सम्भावना भए पनि राज्यले उचित वातावरण सिर्जना गर्न नसकेको उनले बताए । “कृषि क्षेत्र पनि सम्मानको क्षेत्र हो तर यसलाई सम्मानित पेसाका रुपमा हेरिँदैन, नेपालको उच्च वैदेशिक पलायनलाई रोक्न र युवालाई यसप्रति आकर्षित र स्थापित गर्न हौसला र प्रोत्साहनको आवश्यकता छ ”उनले भने।
बिध्यालयका प्रध्यानाध्यापक केशु गिरीले यस्ता खालका तालिमहरुले कृषकहरुको सिप र क्षमता विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सकेमात्रै त्यसले अर्थ राख्नेमा जोड दिदैँ सबैले कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न आबस्यक रहेको बताए ।
बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेहरसिह के सि ले ब्यक्तिको उन्नति प्रगतिका लागि सीप आबश्यक छ सीप भएको ब्यक्ति पछुताउन नपर्ने बताए । तालीममा सिकेको ज्ञान र शिपलाई कृषिमा लगाउन सकिएमा राम्रो भविष्य हुने बताए । शिक्षित र तालीम प्राप्त जनशक्तिको प्रतिभा पलायन भएको परिपेक्षमा विकासको मूलप्रवाहवाट वाहिर रहेका नयाँपुस्ता एवं नयाँ जोस र जाँगर भएका यस्ता समूहलाई सीप प्रदान गर्न आबश्यक रहेको के सि को भनाई छ।
आगामी बैशाख सम्म चल्ने तालिममा बेमौसमी तरकारी खेती र च्याउ उत्पादन सम्बन्धी ६० जना सहभागीले तालिम लिनेछन् । जसमा ९० प्रतिशत महिला रहेका छन् ।