- विमल भट्टराई /ईन्दिरा विश्वक्रर्मा
पौष १९, सुनवल । नेपाल स्वयंसेवक संद्य जिल्ला कमिटि नवलपरासीको प्रथम भेलाले विक्की डुम्रेको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अस्मिता पराजुली,सचिवमा रस्मी कुवँर, कोषाध्यक्ष नैनादेवी वि.क.,सहसचिव आरती सुनार,सदस्यहरुमा स्वस्तिमा घिमिरे, अमन परियार चयन हुनुभएको छ ।

यस्तै सल्लाहाकारहरुमा संयोजक निलकंठ भट्टराई र सदस्यमा विमल भट्टराई चयन हुनुभएको छ । दर्पण पोष्ट डट कमका अध्यक्ष विमल भट्टराईको अध्यक्षतामा शनिबार सुनवलमा सम्पन्न भएको प्रथम भेलाले कार्यसमिति चयन गरेको हो ।