मंसिर १८, काठमाण्डौ । नेपालमा विगत २४ घण्टामा १३४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। झन्डै ९३०० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २,३७,५०० नाघेको छ। अहिले नेपालभरि १५,७६६ जनामा सक्रिय सङ्क्रमण छ। बितेको २४ घण्टामा थप २ १११ जना सङ्क्रमणमुक्त भएका छन । यो सगैं कुल दुई लाख २,२०,२७२ सङ्क्रमित निको भएका छन । सो अवधिमा १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसगैं अहिलेसम्म देशभरि कोरोनाबाट १५५१ सङ्क्रमितको मृत्यु भएको छ।