• २०८३ जेष्ठ ५ गते मङ्गलवार

सडक पोलमा बत्ती जडान गर्दै महदैया टोल बिकास सस्था

ईश्वर पौडेल (RN) पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडाैं । महदैया टोल बिकास सस्थाले आफ्नो टोलमा रहेका विद्युतका खम्बामा सडक बत्ति जडान गर्ने काम सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष राम प्रसाद चापागाईंको नेत्तृत्व र टेक्निसियन दिपक के.सि र सुरज चापागाईंको सहयोगमा ४० वटा भन्दा बढी खम्बाका बिग्रेका बत्तीलाई मर्मत गर्ने र बत्ती नभएको ठाउमा नयाँ बत्ती जडान गर्ने काम सम्पन्न गरेको छ ।

रातको समयमा अत्यधिक सडक दुर्घटना हुने र पैदलयात्रा गर्नेलाई पनि अँध्यारोले गर्दा असुरक्षित महसुस हुनुका साथै अँध्यारोका कारण अपराधका घटना पनि बढन सक्ने हुँदा सडक बत्ती जडान गरेको टोल बिकास सस्थाका अध्यक्ष चापागाईंले बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस