• २०८३ असोज २९ गते बिहिवार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८ काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुग्नुभएको हो ।

नेकपाको विवादलाई लिएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितले आफूलाई घेराबन्दी गरेको प्रधानमन्त्री ओलीले बताउँदै आउनुको छ । अध्यक्ष ओली अप्ठ्यारोमा परिरहनु भएको बेला राष्ट्रपति भण्डारीसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ओलीको सचिवालयले यो भेटलाई नियमित भनेको छ ।

पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको प्रस्तावका विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक बुधबार पनि केहीबेर बसेर स्थगित भएको थियो । वैठक प्रधानमन्त्री ओलीको अनुपस्थिति हुनुभएपछि सचिवालय बैठक केहीबेर मात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको थियो ।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याउनुभएको थियो भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गते प्रतिवेदन ल्याउनुभएको थियो । सोही प्रस्तावको विषयमै नेकपाभित्र विवाद छ । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिँदै आउनुभएको छ । प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । मन्त्रिपरिषद् बैठक नियमित हो । सामान्यतस् सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्छ । मन्त्रिपरिषद्का एजेन्डाबारेमा केही पनि सार्वजनिक गरिएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस