• २०८३ बैशाख २२ गते मङ्गलवार

भारततर्फ संकेत गर्दै चीनले भन्यो, चीन र नेपालको घनिष्ट सम्बन्धले तेस्रो पक्षलाई असर गर्दैन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १८, काठमाडौं। चीनले नेपालसँगको आफ्नो सम्बन्धले तेस्रो पक्षलाई कुनै पनि असर नगर्ने भएको बताएको छ । बुधबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले भारततर्फ संकेत गर्दै सो कुरा बताएकी हुन् ।

पछिल्लो समयमा भारतले नेपालको चीनसँगको सम्बन्धको बारेमा चासो राख्दै आएको छ । भारतीय त्यही चासोलाई संकेत गर्दै चिनियाँ विदेश मन्त्रालयबाट यस खालको अभिव्यक्ति आएको हो । प्रवक्ता चिनयुङले चीन र नेपालको घनिष्ट सम्बन्ध चिनियाँ र नेपाली जनताका लागि फाइदाजनक भएको पनि बताइन् । उनले भनिन् ‘मेलै के कुरामा जोड दिनुपर्छ भने चीन र नेपालको घनिष्ट सम्बन्ध चिनियाँ र नेपाली जनताका लागि फाइदाजनक छ । हाम्रो सम्बन्धले कुनै पनि तेस्रो पक्षलाई असर गर्ने छैन् ।

चीन र नेपालको घनिष्ट सम्बन्धले नेपालको आर्थिक वृद्धिका लागि सहयोग पुग्ने विश्वास लिएको समेत उनले बताइन् । उनले नेपाल(चीन हिमाल र नदिले जोडिएका दुई मित्रवत छिमेकी मुलुक भएको बताइन् । ‘चीन र नेपालको घनिष्ट सम्बन्धले नेपालको आर्थिक वृद्धिका लागि सहयोग पुग्ने विश्वस लिएको छौँ,’ उनले भनिन्, ‘चीन नेपालसँग सबै क्षेत्रमा सहकार्य सुदृढ बनाउन काम गर्न, बीआरआईमा गुणात्मक सहकार्य गर्न र सम्बन्धलाई नयाँ तहमा पुर्‍याउन काम गर्न तयार छ ।’

कोरोना भाइरस कोभिड १९ को विरूद्ध पनि नेपाल र चिन सामूहिक रूपमा लडिरहेको बताइन् । उनले भनिन्, ‘कोभिड १९ को विरूद्ध पनि हामी सामूहिक रूपमा उभिरहेका छौं र अब हामीले आफ्नो पारस्परिक विश्वास र मित्रता बढाइरहेका छौं । हामी हाम्रो सहयोगलाई सुदृढ पार्छौं ।

Sharing

प्रतिक्रिया दिनुहोस