• २०८३ बैशाख १४ गते सोमवार

रुपन्देहीमा ‘राजा आऊ देश बचाऊ’ भन्दै र्‍याली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, रुपन्देही। सोमबार रुपन्देहीमा राजाको माग गर्दै मोटरसाइकल र्‍याली भएको छ । वीर गोर्खाली नामक संस्थाको आयोजनामा ‘राजा आऊ देश बचाऊ’ भन्दै मोटरसाइकल र्‍यालीको प्रदर्शन गरेको हो । र्‍यालीमा करिब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ ।

र्‍यालीमा यूवाहरुले ‘राजतन्त्र जिन्दावाद, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, गणतन्त्र मुर्दावाद’ र ‘राजा आऊ, देश बचाऊ’ लगाएतका नारा लगाएका थिए ।तिलोत्तमा नगरपालिकाको मणिग्राणदेखि बुटवलका विभिन्न स्थानमा मोटरसाईकल र्‍यालीको आयोजना गरिएकोमा चोकमा आएर कोषसभामा परिणत भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस