• २०८३ जेष्ठ १९ गते मङ्गलवार

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, पर्सा । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका(२९ बस्ने ४० वर्षीय रामबाबु महतोलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साको २०७३ माघ १३ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ८ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पर्सामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस