असोज १७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११७७ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी ११७७ जनामा संक्रमण पुष्टि भएको हो । थप २१ सय २० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८४ हजार ५ सय ७० जना पुगेको छ ।
मन्त्रालयका अनुसार आज २ हजार ४४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६२ हजार ७ सय ४० जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय २८ जना पुगेको छ ।