भदौ १८, ललितपुर । ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाको जानकारी लिन जावलाखेल स्थित अल्का अस्पतालमा पुग्नु भएको छ । रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रदर्शनकारीले निर्मतापूर्वक आक्रमण र कुटपिट गरी घाईते हुनुभएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाको जानकारी लिन महाशाखाका प्रमुख एसएसपी भीम ढकाल जावलाखेल स्थित अल्का अस्पताल पुग्नुभएको हो ।

उहाँले कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको निषेधज्ञा र जनता जोगाउन अहोरात्र सडकमा खटिएको ट्राफिक प्रहरी माथी त्यसरी सामुहिक रुपमा निर्घात कुटपिट गर्नु अमानविय मात्रै नभई कानुन विपरित समेत भएकोले उनीहरुलाई पक्राउ गरेर कानुनी कारबाही बताउनु भयो । घाइते भएका घिमिरेको ललितपुर, जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।