• २०८३ मङ्सिर ३ गते बुधवार

उच्च जोखिम जिल्लाबाट आएका र कोरोना संक्रमितलाई विशेष निगरानी गर्दै पीसीआर टेष्ट र उपचार गरिन्छः सांसद बस्नेत

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

भाद्र १८ , भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालमा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट उच्च जोखिम भएका जिल्लाबाट भक्तपुर आएकका र संक्रमण भएकालाई विशेष निगरानी गरी पीसीआर टेष्ट तथा उपचार गर्ने बताउनुभएको छ ।

बुधवार सूर्यविनायक नगरपालिकाद्वारा टोल टोलमा स्वाब संकलन कार्यक्रममा संक्षिप्त कुरा गर्दै सांसद बस्नेतले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस  कोभिड–१९ बाट नेपालसमेत प्रत्यक्ष रुपमा समस्यामा परेको उल्लेख गर्नुभयो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि भक्तपुरमा जुनसुकै विकल्प अपनाएर अघि बढ्ने उहाँले बताउनुभयो । नागरिकको जीवन रक्षाको निम्ती जुनसुकै विकल्प अघि बढाउने उल्लेख गर्दै उहाँले जिल्ला कोरोना संक्रमण व्यवस्थापन समिति डिसिसिएमसी भक्तपुरले कोरोेना रोकथाम तथा नियन्त्रणको लागि विशेष रणनीति तथा प्रभावकारी व्यवस्थापनका साथ अघि बढिरहेको जानकारी गराउनुभयो ।

कोरोना संक्रमित विरामीको कन्ट्रयाक ट्रेसिङ्ग गरी समुदायस्तरमा कोरोना संक्रमण फैलन नदिने लक्ष्यका साथ जिल्लाका चारवटै नगरपालिकाले संक्रमितहरुको टे«सिङ गरी टोल टोलमा पुगी स्वाब संकलन गरिरहेको उल्लेख गर्दै उहाँले भक्तपुरका चारवटै नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा करिव ८ हजार नागरिकको पिसिआर परिक्षण गरिरहेको जानकारी गराउनुभयो । प्रत्येक चार वटै नगरपालिकाले दुई÷दुई हजार गरी आठ हजार पिसिआर परिक्षण गर्ने उहाँले बताउनुभयो ।

बुधवार सूर्यविनायक नगरपालिकाले वडा नं ७ मा २६ जना र ४ मा २७ जनाको स्वाब संकलन गरेको जानकारी गराउँदै उहाँले भक्तपुरको साँगा लगायतका नाकाहरुबाट भक्तपुरमा संक्रमित जिल्लाबाट आएका सम्पूर्ण नागरिकहरुको दुरसञ्चारसँग सहकार्यमा फोन ट्रेसिङ गरी पहिचान गर्ने र उक्त व्यक्तिहरु बसोवास गरेका स्थानलाई विशेष फोकस गर्दै उचित व्यवस्थापन गर्ने बताउनुभयो ।

आवश्यकताको आधारमा जोखिमयुक्त टोल मै पुगेर स्वाब संकलन गर्ने, उनीहरुलाई होम क्वारेन्टाइनमा राख्ने, सङ्क्रमण पुष्टी भएका तर लक्षण नदेखिएकालाई होम आइसोलेसनमा राख्ने, सक्रिय सङ्क्रमितलाई अस्पताल लैजाने लगायतका कामलाई व्यबस्थित रुपमा सञ्चालन गरेको बताउनुभयो । यो नगरपालिकामा कन्ट्रयाक ट्रेसिङ्ग सकिएपछि थप सङ्क्रमित बढ्न नदिन विशेष अभियान थालेको जानकारी बताउनुभयो । बढी संक्रमित जिल्लाबाट आएका व्यक्तिहरुको पहिचान तथा उपचारपछि घर आउनुभएका नागरिकको पहिचानलाई उचित व्यवस्थापनको प्रवन्ध गर्ने तयारी रहेको उहाँले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘नगरपालिका तथा डिसिसिएमसीले विशेष गरी तीन वटा कुराहरुलाई प्राथमिकता दिइरहेका छन् । जसमा संक्रमितहरुलाई स्वास्थ्यका मापदण्ड तथा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पुरा गर्ने प्रकारको घर भएमा होम आइसोलेशनमा राख्ने, घर नभएकालार्ई खरिपाटी तथा कृषि विकास तालिम केन्द्रको क्वारेन्टाइनमा राख्ने गरेका छौं । गम्भिर समस्या भएकालाई अस्पताल तथा सामान्य अवस्था भएकालाई घरमा नै आइसोलेशनमा राखी दैनिक निगरानि गरिरहेका छौं । सूर्यविनायक नगरपालिकाले आफ्नै क्वारेन्टाईन निर्माण गरेको साथै होटलहरुलाई समेत क्यारेन्टाईनको लागि व्यवस्थापन गरेको छ । त्यसैले कोरोना रोकथामका लागि भक्तपुर योजनावद्ध रुपमा अघि बढिरहेको छ । जनता आत्तिनु र डराउनुपर्ने अवस्था छैन । जीवन रक्षाको लागि अपनाउनुपर्ने न्युनतम उपाहरु अपनाऔं, सावधानी तथा सचेत रहौं ।’

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली नगरपालिकाले वडा कार्यालयमार्फत स्वाब संकलनका कार्यहरु भइरहेको बताउनुभयो । बुधवार सम्म ३ सय २८ जना संक्रमितहरु नगरपालिकामा पहिचान भइसेको जानकारी गराउँदै उहाँले हालसम्म २ सय ४८ जनाको स्वाब संकलन गरिसकेको जसमा ४८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी गराउनुभयो ।

प्रशासकीय अधिकृत ज्ञवालीले स्वाब संकलन गर्न टोलटोलमा जानका लागि नगरपालिकाले नेपाली सेनाको वीरदल गण सूर्यविनायकको समन्वयमा स्वाब संकलन गर्ने विशेष भ्यान नै तयार गरेको बताउँदै यो भ्यानले आगामी दिनमा टोलटोलमा गएर स्वाब संकलन गर्न सहज हुने बताउनुभयो ।

वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले आफ्नो वडामा हालसम्म जम्मा दुई जनालाई मात्र संक्रमण भएको जसमा एक जना सशस्त्र प्रहरी डिउटीमा नै रहेको क्रममा भएको साथै एक जना नागरिकमा भएको जानकारी गराउँदै दुवै परिवारका सदस्यहरुको स्वाब संकलन गरी परिक्षणको क्रममा रहेको जानकारी गराउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस