• २०८३ जेष्ठ २० गते बुधवार

कपिलवस्तुमा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८, कपिलवस्तु । वाणगंगा नगरपालिका १० गनहा पुलस्थित भित्री सडक खण्डमा लु १ ह २६४५ नं. को अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा रुपन्देहीको गैडहवा गाउँपालिका ४ पौवा बस्ने ४० वर्षीय दयाशंकर चमारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रहरीका अनुसार चालक टम्केश्वर चमार, रुपन्देहीको गैडहवा ४का ५० वर्षकी भानुमति रैदाश, इन्द्रवती हरिजन र लुम्विनी साँस्कृतिक नगरपालिका ११ बस्ने ३० वर्षीय विजय चमार घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस