• २०८३ बैशाख ४ गते शुक्रवार

धनुषामा एक किशोरी बलात्कृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८,धनुषा । भदौँ १५ गते सोमबार बिहान ९ बजे घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको फूलबारीमा बाख्रा चराउन गएकी उनलाई घर फर्किने क्रममा मास्क लगाएर आएका एक युवकले झाडीमा लगेर बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ बहादुर कार्कीले जानकारी दिए ।

मास्क लगाएर आएका युवकले जबरजस्ती करणी गरेको कार्कीले बताए । पीडित पक्षले घटनाबारे ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ३ जना युवकलाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस