• २०८३ बैशाख २८ गते सोमवार

लकडाउनले पढाईनै चट : विद्यार्थी गोठालो, खेतवारी तिर

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ २१, मुगु । कोरोना भाईरस संक्रमण रोक थाम तथा नियन्त्रणको लागी चैत्र ११ गते बाट नेपाल सरकारले लकडाउन गरे पछि देश भरिका बिद्यालय बन्द भए पछि पठनपाठन नहुदा मुगु जिल्लाका बिद्यार्थि र अभिभावकहरु चिन्तामा परेका छन । शैक्षिक शत्र २०७६/०७७ बार्षिक परिक्षा आधा आधा बिषयको परिक्षा दिदा दिदै लकडाउन भएको समयमा मुगु जिल्लामा रहेको ४ वटा स्थानिय तहरुमा कुनै स्थानिय तहमा रहेको बिद्यालयमा बार्षिक परिक्षा सम्पन्न गरि सकेका र कुनै स्थानिय तहहरुले पहिलो दोस्रो र तेस्रो चरणको परिक्षाको आधारमा बिद्यार्थिको नतिजाका आधारमा परिक्षा प्रकाशन गरेका थिए ।

लकडाउनको कारण ७२ दिन बिती सक्दा पनि बिद्यालय पूर्णरुपमा बन्दहुदा बिद्यार्थिहरु गाई भौसी,भेडा बाख्रा चराउन जार्ने ,घरमा बस्दा मोवाईल,टिभि हेर्ने,साथिहरु संग बढी घुफिर गर्ने भएको हुदा बच्चाहरुको पढाई बिग्रीने भएको छ । जिल्लामा नयाँ शैक्षिक सत्रका पाठ्य पुस्तक समेत जिल्लामा नभएको पुस्तक जिल्लामा ल्याउर्ने जिम्मा लिएका स्टेशनरिहरुले पति ढुवानि नगरेको हुदा मुगुको बालबालिकाहरुको पठनपाठनमा समस्या आएको छ ।

लकडाउनको समयमा सन्चार बिधुतको पहुच भएका ठाृका बालबालिकालाई अनलाईन पढाई भए पनि मुगु जिल्लामा सन्चारको पहुच धेरै नभएको हुदा बच्चाहरुको पढाई बिग्रेको छायानाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारिका बासु रावलले बताएका छन ।

कोरोना भाईरसको कारण लकडाउन भए पछि बिद्यालय बन्दहुदा पठन पाठमा निकै समस्या आएको छ । तराईको सुबिधा सम्पन्न ठाँउमा अनलाईन सिस्टमबाट पढाई हुन्छ मुगुमा ईन्टरनेटको राम्रो पहुच नहुदा पढाईमा निकै समस्या आएको छ । नत जिल्लामा नयाँ शैक्षिक सत्रका पाठ्य पुस्तक छन नत अनलाईन को माध्यम बाट पढाई हुन्छ यो बर्ष हामी बालबालिकाको पढाई कोरोनाले खाने भयो । बिद्यालय बन्द हुदा पशुचौपाय चराउन जानु पर्ने र सार्थिहरु संग समाएर दिन बिताउन बाध्य भएको कक्षा १०मा पढ्र्ने मनिस थापाले बताएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस