जेठ २१, दैलेख । जिल्लाको गुराँस गाउँपालिका स्थित घोडाबासमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कञ्चनपुर जिल्लामा अलपत्र परेका दैलेख गुराँस गाउँपालिकाका नागरिकलाई पु¥याउन आएर फर्कन लागेको ना ५ ख १६८५ नम्बरको बस दैलेखको गुराँस गाउँपालिका वडा ४ घोडाबासमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी बस चालक कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नः ५ का ल्याणसिह बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक हरी बहादुर ओलीले जानकारी दिए ।
उनले बसका सह चालक कञ्चनपुर जिल्ला भिमदत्तनगपालिका ३५ बर्षीय जयराज अवस्थी घाईते भएको जानकारी दिए । प्रहरी नायब उपरीक्षक वलीले घटना स्थलबाट खवर 24 नेपाललाई दिएको जानकारी अनुसार सहचालक अवस्थीको उपचारका लागि सुर्खेत पठाइएको बताए ।
उनका अनुसार घटना साँझ ५ बजेतिर घटेको हो । गाडीमा अरु कोही नभएको उनले बताए ।