• २०८३ बैशाख ३० गते बुधवार

चार करोड मुल्य बराबरको अवैध सुन सहित एक भारतिय पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २०, मकवानपुर । मकवानपुर प्रहरीले अबैध सुन सहित एक भारतियलाई पक्राउ गरेको छ । बिहान अन्दाजी ०४:३० बजेको समयमा मकवानपुर हेटौडा उ.म.न.पा. वडा न. १५ स्थित रातोमाटे चेक पोष्टमा काठमाण्डौबाट बिरगँज तर्फ जादै गरेको यात्रुबाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा भारत कर्नाटक राज्य बस्ने वर्ष ४२ को अब्दुल मजिद अनेकललाई पक्राउ गरेको हो ।

उनको गतिबिधी शंकास्पद लागी उनले बोकेको कालो झोलामा मोटर पार्टस भित्र जडान हुने फलामको ब्यरिङ जस्तो देख्ने ४ थान ,फलामको पास्ताको ब्यरिङ २ थान र फलामको मिट ब्यरिङ २ थान गरी जम्मा ८ थान रहेकोमा उक्त फलामको पार्टहरु बरामद गरिएको हो ।

उक्त बरामद समानहरु काटी हेर्दा सो भित्र सुन जस्तो देख्ने पहेलो रङ्गको धातुको ढिकाहरु रहेको र उक्त सुन जस्तो देखने ढिक्का ८ थान सुन ब्यबसायी संघ हेटौडा मकवानपुरलाई पत्राचार गरी सुन हो होईन र सो को तौल तथा आजको बजार मूल्य खुलाई प्रतिवेदन पठाई दिने भनि पत्राचार गर्दा सुन ब्यबसायी मकवानपुर हेटौडाले सुन हो भनि प्रमाणित गरेको थियो ।

उक्त ८ थान सुनको तौल ६ के.जी. २८९ ग्राम ३५० मि.ग्राम रहेको र आजको बजार मूल्य प्रति १० ग्राम रु. ६७९८५ का दरले जम्मा ४,२७,५८,७७४ (चार करोड सताईस लाख अन्ठाउन्न हजार सात सय चौहतर) रहेको निज अब्दुल मजिद अनेकल र सुन सहित थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागी राजस्व अनुसन्धान कार्यालय पथलैया वारामा पठाउने तयारी भई रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस