- टेकराज भुसाल
माघ २०, बुटवल । ब्रिटिस काउन्सिल र युथ इन अ्याकसनकाे सहयाेग तथा सामुदायिक र संस्थागत बिद्यालयकाे सहकार्यमा कालिका मानवज्ञान मा•बि र मणि मुकुन्द मा•बिका बिद्यार्थीहरुलाई साेमबार बुटवलको याेगिकुटिमा रहेकाे मणि मुकुन्द मा•बि मा पृथ्वी संरक्षणका बिषयमा सामुहिक छलफल, मस्तिष्क मन्थनवाट विभिन्न नया बिचार तथा धारणा आदान प्रदान गरिएकाे र चित्रकला बनाउन लगाइएको थियाे।

कालिका मानवज्ञान मा•बि का शिक्षक इबराज तिवारीले भारत, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रिकाका मानिसहरुले बिरुवा राेप्ने कार्यदक्षताका बारेमा चित्र र पाेस्टरका माध्यम बाट जानकारी दिनुभएको थियाे।

कार्यक्रम पछि बिद्यार्थीहरुले देवसिद्ध खानेपानी संस्थाकाे खाली जमिनमा बिद्यार्थीहरुले सिसाै, नरिवल, सुपारीका बिरुवाहरु राेपका थिए।
वृक्षारोपण कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, मणि मुकुन्द मा•बि का प्रिन्सिपल टुक बहादुर क्षेत्री, कालिका मानवज्ञान मा•बि का शिक्षक इबराज तिवारी, भरत पाठक, मणि मुकुन्द मा•बि का शिक्षक हरि पाैडल, लगायतको उपस्थिति रहेकाे थियाे।
ब्रिटिस काउन्सिल र युथ इन अ्याकसनकाे सहयाेगमा यसअघि देखि नै पृथ्वी संरक्षण सम्बन्धि विभिन्न जनचेतना मुलुक कार्यक्रम सञ्चालन भइरहेको कालिका मानवज्ञान मा•बि का शिक्षक इबराज तिवारीले जानकारी दिनुभएकाे छ।