माघ २०, काठमाडौं । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख घुससहित पक्राउ परेका छन्।
अख्तियारका प्रवक्ता प्रदिप कोइरालाका अनुसार आइतबार दिउँसो सेवाग्राहीको गुनासोपछि पुगेको अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो। सेवाग्राहीको गुनासोपछि अख्तियारको टोलीले उनलाई एक लाख रुपैयाँसहित पक्राउ गरेको कोइरालाले बताए। पौडेललाई सेवाग्राहीबाट एक लाख घूसको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ।