• २०८३ भाद्र १ गते सोमवार

दैलेखमा जिपको ठक्करबाट बालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट
  • भावना हमाल

माघ २०, दैलेख । दैलेखमा बोलेरो जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको भैरवी गाउँकालिका (२) रावतकोट निवासी झक्ड थापाका चार वर्षीया छोरा प्रकाश थापाको मृत्यु भएको हो ।

भैरवी गाउँपालिकाको डाडीमाडी बजारबाट दैलेख सदरमुकाम आउँदै गरेको लु १ च ६२९२ नम्बरको डबल ग्याप बोलेरोको ठक्करबाट बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखका डिएसपी हरिबहादुर ओलीले बताएका छन् ।
जिपको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि दैलेख अस्पताल ल्याइएको थियो। उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको डिएसपी ओलीले बताए । जिप चालक बलबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस