• २०८३ असार ९ गते मङ्गलवार

दुर्घटनामा मृत्यु भएका परिवारलाई महिला सामुदायिकद्धारा विमा रकम १६ लाख प्रदान

पढ्न लाग्ने समय : २ मिनेट

देविराम कुसारी

पुस १९, दाङ । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुगार रोल्पाले सडक दुर्घटनामा मृत्यु भएका सेवा ग्राहीका परिवारलाई करिव १६ लाख विमा रकम प्रदान गरेको छ ।


संस्थाले त्रिवेणी गाउँपालिका ४ छेपको २७ नम्वर समुहका स्वर्गिय सदस्य इन्द्रा घर्तीको परिवारलाई १५ लाख ९६ हजार विमा रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष सान्तकुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा विमा रकम बुझ्दै इन्द्राका श्रीमान विजय बहादुर घर्तीले आफुलाई समस्या परेको वेला प्रदान गरिएको रकमले आफ्नो जिवनलाई थोरै भए पनि सजिलो वनाउने वताउनु भएको थियो । त्यसैगरी स्वर्गिय इन्द्राकी छोरी रेखाले आमालाई कुनै वस्तुसंग तौल गर्न नमिले पनि विमा रकमले आफ्नो पढाइमा सहयोग पुग्ने भन्दै संस्थालाई धन्यवाद दिनुभएको थियो ।
संस्थाका कनिष्ठ अधिकृत गगन योगीको स्वागत मन्तब्यबाट सुरु भएको रमक प्रदान कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले संस्थाले प्रदान गरेको रकमलाई बढी भन्दा बढी सदुपयोग गर्न पीडित परिवारलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा प्रवन्धक रेग्मीले संस्थाले लघु वित्त मार्फत हाल सम्म ५५ हजार परिवारलाई सेवा प्रदान गर्दै आइ रहेको जनाकारी गराउनु भएको थियो । कृषि, पशुपालन तथा अन्य व्यवसायका लागि संस्थाले प्रदान गर्दै आइरहेको शिप तथा रकमलाई प्रभावकारी रुपमा प्रयोग गर्न सेवाग्राहीलाई रेग्मीले आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सान्तकुमार वलीले विमा रकम प्रदान गर्दै रकमलाई शिक्षामा लागानी गर्न प्राथमिकता दिन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा वडा नम्वर ५ का अध्यक्ष कृष्णबहादुर केसी, संस्थाका ग्राहक सेवा बिभाग प्रमुख यमला गौतम लगाएतले वोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण शाखा प्रमुख केशव शर्माले गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस