मंसिर१७, बारा । जिल्लाको परवानीपुर गाउँपालिका ३ लिप्नी बस्ने राजेश रामको १ वर्षीय छोरा आदित्य रामको पानीमा डुबेर मृत्यु भएको छ ।
आफ्नै घर अगाडि खेल्ने क्रममा खाल्डोको पानीमा डुबेर घाइते भएका उनलाई गण्डक हेल्थकेयर वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।