• २०८३ बैशाख २६ गते शनिवार

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर नगरपालिका १ मा से ४ प ६५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित मोटरसाइकलमा सवार बर्दोगोरीया गाउँपालिका६ का ४६ वर्षीय रमेश बिस्टको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बिस्टको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते रहेका बिस्टलाई टीकापुर अस्पतालबाट थप उपचारको लागि कोहलपुर रेफर गरेको र कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस