मंसिर १७, अर्घाखाँची। अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घरमा एकलै बसोबास गदै आएका पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर मृत्यु भएको हो ।
आगो ताप्दै गर्दा कपडामा आगो सल्किएको र घरमा एकलै भएकाले समयमै उद्वार हुन नपाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।