• २०८३ कार्तिक २१ गते शुक्रवार

कतै कबर्दी खेल त होइन अहिलेको राजनीति ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

 

पहिला पहिला दुबोको खाली चौरमा फुर्सद मिलाएर साथी साथी मिलेर कबर्दी खेलिन्थ्यो । त्यसमा दुई टीम मिलाउन धेरै आच्छु आच्छु हुन्थ्यो । अलिकती बलियो बाङो आफुतिर पर्यो भने कबर्दी खेल जित्ने अभिलाषा हुन्थ्यो र बाजि पर्थ्यो । बलिया र एक दुई जना छट्टु कागजस्ता चलाख खेलाडी टिममा परेपछि कसैको केही लाग्दैनथ्यो । अनि सधै छट्टु बाजजस्ताले बाजि मार्ने । अनि एकदिन तिनिहरु भन्दा हरुवा टीम झन छट्टु भएर आयो किनकी पराइको मैदानमा प्रशिक्षणको लागी जादोरहेछ अनि कबर्दी खेल्न आउने छट्टु टीमको ग्राउन्डमा कांडा ल्याएर जमिनमा अलिकती मात्र देखाएर गाडिदिदा पछि कपडाको जुत्ता उनिएर घाइते भएपछि बाजि पहिलाको हरुवा टिमले मार्यो ।
कतै अहिलेका प्रमूख भनिने राजनीतिक दलको राजनीति पनि त्यस्तै मोडमा अल्झिराखेको त छैन ।
यस्तो नहोस, आखिर टाउकामाथि आकासमा थुक्ता छिटा आफैमा पर्ने न हो । दूरदर्शिता हेर्ने राजनेताले कहिलै क्षणिक पदिय स्वार्थमा अल्झिदैन न त कार्यकर्ता कागको पछि दौडिने गर्छन ।
अहिले घर परिवार भाडिएको जस्तो छ, छिमेकी मौन छन, निरीह छन, मौनताले दङ पर्दैछन र रमिता हेर्दैछन कि अजिङरको आहारा दैबले पुर्याउछ भनेजस्तो आगामी निर्वाचनको सपना देखेर । बिचरा जनतामा पनि मौनताको बादलबाहेक केही छाएको छैन । परदेसीहरु उत्तरका भन्दा नि दक्षिणका बढी चुल्बुलाइ राखेकाछन ! आफ्नो घरको मामला आफै मिलाउने हो न कि अरुलाइ गुहार्ने वातावरण बनोस । अनि पो देसमा समृद्दी आउँछ । देस त बहुभाषिक, बहुसांस्कृतिक हो तर कुनै कुनै नेतामा राजनीतिक संस्कार नभएपछि संधैको पछौटेपन ! अनि कल्पना गर्नुहोस त यो संस्कारबिहीन राजनितिको धरातलमा त्यो समानताको समाजवाद उमृन्छ भनेर ! त्यसैले भन्न मन लाग्छ कतै कबर्दी खेल त होइन यो अहिलेको राजनीति ?

Sharing

प्रतिक्रिया दिनुहोस