• २०८३ बैशाख १५ गते मङ्गलवार

गजल !”दंसै पर्व मनाउँ न मनाउँ दो धारमा भए”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

दंसै पर्व मनाउँ न मनाउँ दो धारमा भए,
जब की यो दंसैको आफै संघारमा भए।

परदेशी जिन्दगी,कोविड छ त्यहि माथी,
पसिनामा पौडि खेल्ने यो संसारमा भए।

गगन चुम्बि महल को माझमा वे-घर छुँ,
मान्छेले मानवता नै बेच्ने बजारमा भए।

कस्तो खुसिछ अनि कस्का लागि मनाउँ,
जिवन धान्न पसिना को ब्यापारमा भए।

संसारमा मान्छे भएर जनम लिएछुँ मैले,
रोबटको बिच मान्छे कुन आकारमा भए।

बजारमा श्रम बेच्नेहरु पसिनामा रुझेका,
हर्षित भएर बर्गमित्र कुन आधारमा भए।

कसैले मिठो सुझाब दिए शुभ कामना छ,
दंसै मनाउँदा ईन्कार कतै इकरारमा भए।

Sharing

प्रतिक्रिया दिनुहोस