• २०८३ बैशाख २० गते आइतवार

उपत्यकामा आज हुने कार्यक्रमहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू निम्न रहेका छन ।

१.संसदीय सुनुवाई समितिको बैठक बस्ने ।
स्थान :- कानून,न्याय तथा मानव अधिकार समितिको हल,सिंहदरबार ।
समय :- ११:०० बजे ।

२.नेपाली काङ्ग्रेसको शीर्ष नेताहरुको बैठक बस्ने ।
स्थान :- पार्टीको केन्द्रीय कार्यालय वि.पी.स्मृति भवन सानेपा,ललितपुर ।
समय :- १३:०० बजे ।

३.प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह)ले वर्तमान सरकार राष्ट्र र जनताप्रति उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार भएको भनि पुर्व घोषित कार्यक्रम अनुसार पर्चा वितरण गर्ने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

४.त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।

५.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।

Sharing

प्रतिक्रिया दिनुहोस