• २०८३ बैशाख २८ गते सोमवार

डोटीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १७, डोटी। डोटीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।

गोठालो गएकोबेला आइतबार अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि उनलाई उपचारका लागि मौवा नगरदह स्वास्थ्य चौकीमा लगिएको र उपचारपछि घर ल्याइएकी उनको सोमबार बिहान २ मृत्यु भएको स्थानीय गोबिन्द विकले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस