• २०८३ मङ्सिर ४ गते बिहिवार

उपत्यकामा थप १६३८ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६३८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ गरी १६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २७ सय २२ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८२ हजार ४ सय ५० जना पुगेको छ ।मन्त्रालयका अनुसार आज ३ हजार ३ सय ७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६० हजार ६ सय ९६ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय २० जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस