भदौ १७ मुगु । लगातारको बर्षाले अवरुद्ध रहेका आफना नगर क्षेत्रका ग्रामिण सडकहरु खुलाउन यहाँको एक स्थानिय तहले सडक मर्मत कार्य शुरु गरेको छ ।जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले बर्षाका कारण अवरुद्ध रहेका नगर क्षेत्र भित्रका अन्तर वडा र राष्टिय सडक जोडने ग्रामिण सडकहरुको खुलाउन आईतबारबाट शुरु गरेको हो ।

बर्षाको पानीले सडकहरु कटान गरेको,पहिरो आएको र सडक भासिना जिल्ला सदरमुकाबाट नगरक्षेत्र भित्रका सडक पुगेका १३ वटा वडाहरु जोडने सडकहरु एक महिना यताबाट अवरुद्ध हुदै आएका थिए । नगरपालिकाको आफनै स्काभेटर भएकाले यो बर्ष अवरुद्ध सडक खुलाउन सहज भएको छ । विगत बर्षहरुमा प्राईभेट स्काभेटर गुहार्नु पर्ने र त्यसमा पनि समय मै काम सम्पन्न नगरी दिने अवस्थाले नगरबासीले सास्ती भोग्दै आएका थिए नगर प्रमुख हरिजंग शाहीले बताउनु भयो । बर्षाको पानीले गमगढी–बालै–राताचौर सडक,गमगढी–तारापानी सडक–गमगढी–रोवा सडक अवरुद्ध हुदै आएका थिए । नगरको स्काभेटरले आइृतबार गमगढी–तारापानी, सोमबार गमगढी–बालै–राताचौर सडकको ठाँउ ठाँउमा आएको पहिरो,भासिएको जमिन पन्छाएर सडक खुलाएको छ भने गमगढी–रोवा सडकको को पनि पटक पटक अवरोध हटाएरa सडक सुचारु गरिएको छ ।
ग्रामिण सडक खुलेपछि साविक झै स्थानियहरुलाई सदरमुकाम आवत जावत गर्न र विरामीलाई गाँउबाट जिल्ला अस्पतालसम्म एम्वुलेन्स सेवा लिन सहज भएको छ भने गाँउका उत्पादनहरु बजारसम्म र बजारमा उपलब्ध आफना आवश्यक सर सामान घर लिन पनि सजिलो हुने भएको छ । नगरभित्रका यी तिन सडक सहित गमगढी–नाउर–कार्कीवाडा,चौतारा–ढुम–कार्कीवाडा,हाईवय–रारा विमानस्थल र ताल्च–सल्लेरी–मिली सडक पनि शुचारुका लागी त्यहाँ आएको पहिरो लगायत अन्य अवरोध हटाउने कार्य पनि गर्ने नगरपालिकाले बताएको छ ।