• २०८३ भाद्र २१ गते आइतवार

वैकल्पिक सिकाईकालागि टेलिभिजन खोल्ने योजनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौँ । आज नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूसँगको अन्तर्क्रियामा बोल्दै मन्त्री पोखरेलले भने, ‘मैले व्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव लगेको छु ।’ त्यस्तो टेलिभिजनले बिहान माध्यमिक तहलाई, दिउँसो आधारभूत तहलाई र साँझ विश्वविद्यालय तहलाई सिकाइने व्यवस्था मिलाइनेछ ।’

प्रधानमन्त्रीले पनि त्यसलाई सकारात्मक रुपमा लिएको उनको भनाइ छ । मन्त्री पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर जान नदिने प्रतिवद्धता समेत दोहोर्‍याए । मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गरेरै छाड्ने बताए । यसैगरी अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कक्षा १२ को परीक्षा वारे अविलम्ब निर्णय गर्न आग्रह गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस