• २०८३ बैशाख ११ गते शुक्रवार

काठमाडौंमा स्वास्थ्य संकटकाल घोषणा गर्न माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १७,काठमाडौँ । बागमती प्रदेशका प्रदेशका सांसद डाक्टर अजयक्रान्ति शाक्यले उचित व्यवस्थापन सहित काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने बताएका छन् । ‘अहिलेको अवस्था हेर्ने हो भने संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त देखिन्छ,’ उनले भने, ‘यसमा नागरिक तहबाट पनि सहयोगको आवश्यक छ । १४ दिन देखि २१ दिनसम्मको स्वास्थ्य संकटकाल घोषणा गरी ‘पव्लिक मोविलिटी’ पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ, ।’


उनले थपे, ‘संकटकाल घोषणा गर्नु दुई तीन दिन अघि नै सार्वजनिक सूचना व्यापक मात्रामा दिएर जनतालाई घर भित्रै १४ दिन बस्नका लागि चाहिने आवश्यक बस्तुहरु व्यवस्थापन गर्न लगानउनु पर्छ ।’ संकटकालको समय अहिलेको लकडाउन जस्तो खुकुलो हुनु नहुने पनि बताए । ‘अति आवश्यक बाहेक पूर्ण रुपमा निषेधाज्ञा पालना गर्न लगाउनु पर्छ । यो कठिन अवस्थालाई युद्धको अवस्था सम्झेर सरकारले दिएको आदेशहरु जनताले आफ्नो कर्तव्य ठानी पूर्ण पालना गर्नुपर्छ,’ उनलेभने

उनले १४ दिनदेखि २१ दिनसम्मको संकटालपछि केही खुकुलो लकडाउन गर्न पनि सुझाव दिए । उनले त्यो अवधीमा कोरोना संक्रमण हुनबाट समुदायलाई जोगाउन कन्टयाक टेसिङलाई सुक्ष्म रुपमा लैजानु पर्ने सुझाव पनि दिए । उनले आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दा सबै भन्दा पहिला स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुपर्ने बताए । होडबाजीका लागि र सस्तो लोकप्रियताका नाममा जथाभावी आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दै जाँदा त्यसले झन खतरा निम्त्याउने उनको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस