भाद्र १७ ,काठमाडौँ। काठमाडौँको शंखमुलमा ४० वर्षीय पुरुषले ७ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । बालिकालाई ७ महिनादेखि बाबुले बलात्कार गर्दै आएका थिए । आमा रोजगारीका लागि खाडी मुलुकबाट कोभिड–१९ का कारण अलपत्र नेपाली श्रमिकको उद्धार शुरु भएपछि गत साउनमा मात्रै स्वदेश फर्किएकी थिइन् ।
छोरीले ‘योनी दुख्यो’ भन्न थालेपछि आमाले उनलाई अस्पताल लगिन् । अस्पतालमा छोरीले बाबुको कर्तुत खोलेपछि आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बाबुलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।